डोल्पामा इन्स्पेक्टरले कुटे हवल्दार

डोल्पा | बैशाख १७, २०८०

डोल्पामा इन्स्पेक्टरले कुटे हवल्दार

काठमाडौं:  डोल्पामा मादक पदार्थ सेवन गरेको भन्दै एक प्रहरी निरीक्षकले आफू माहतहतका हवल्दारलाई चोडपटक लाग्नेगरी कुटपिट गरेका छन् ।

 

 जिल्ला प्रहरी कार्यालय डोल्पामा   कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि शनिबार कुटपिट गरेका हुन् ।

 

कुटपिटपछि ३७ वर्षीय हवल्दारको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ ।

 

शनिबार हवल्दार आरसी बिदामा थिए । उनले बिदाको दिन आफूले साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेका थिए ।

 

जिल्ला कारागार डोल्पामा कार्यरत हवल्दार आरसीलाई पनि चापागाईले प्रहरी कार्यालयमै बोलाएर कुटपिट गरेको पीडित हवल्दारले बताएका छन् ।

 

हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन् ।

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने आफू कार्यालयभन्दा बाहिर रहेको बेला घटना घटेकोले यसबारे अनुसन्धान भइरहेको बताए।

 

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...

थप पढ्नुहोस्

म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

थप पढ्नुहोस्